झापाको भगवती प्लाइउड उद्योगमा आगलागी

 

 

झापाको मेचीनगर–१५ ज्यामिरगढी भवगती लेमिनेट्स प्लाइउड कारखानामा सोमबार बिहान  आगलागी भएको छ । आगलागी नियन्त्रणमा  झापा जिल्लाभरका दर्जनभन्दा बढी दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।

आगो अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीका डेढ सयभन्दा बढी सुरक्षाकर्मीका साथै स्थानीय समेतको प्रयत्नमा आगो निभाउने प्रयास भइरहेको एक स्थानीयले जनाए ।

प्रहरीका अनुसार बिहान ५ बजेदेखि आगो लागेको र आगलागीको कारण अनुसन्धान भइरहेकोछ । आगलागीबाट करोड बढी क्षति भएको अनुमान गरिएको छ । कुनै मानवीय क्षति भने भएको छैन । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

जिल्लाकै ठूलो यो उद्योगमा नेपाली र भारतीयसहित हजारभन्दा बढी श्रमिक कार्यरत छन् ।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation