मिटरब्याजीपीडितसँगको सहमति पूर्ण कार्यान्वयन गर्छौँँ : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याजीपीडितसँगको सहमति पूर्णरूपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन्।

सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिबीच जाँचबुझ आयोग बनाउनेसहितका चारबुँदे सहमतिपछि सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले सहमति  कार्यान्वयनमा जोड दिने बताएका हुन्।

उनले परिस्थिति कल्पना गरेभन्दा फरक आए पनि एकै ठाउँमा उभिने भन्दै यो शुरुआत भएको र अझै संघर्ष बाँकी नै रहेको बताए। उनले अब पीडितले हिँडेर खुट्टा पट्पटी फुट्ने अवस्था नआओस् भन्नेतर्फ सरकार सचेत रहेको बताए।

उन आयोगले विभिन्न उपायसहित सरकारलाई सुझाव दिने र त्यही आधारमा सरकार अघि बढ्ने जानकारी गराए।

लामिछानेले सम्झौताको विषयमा समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराइसकेको‍ बताए। ‘सहमतिलाई कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो काँधमा छ। अलिकति समय दिनुहोला। अन्याय पर्दा खबरदारी गर्न भने नछाड्नुहोला’, उनले भने।

-था.ख.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation