प्राणमञ्चकर्मीमाथि महानगर प्रहरीद्वारा भएको कुटपिट र लुटपाट विरुद्ध रिले अनसन

२९ फागुन, काठमाडौँ

पत्रकार पदमप्रसाद पोखरेलमाथी महानगर प्रहरीले गरेको आक्रमणलाई महानगरले बेवास्ता गरेको भन्दै श्रमजीवी-पत्रकार संघ नेपालले रिले अनसनको घोषणा गरेको छ।

काठमाण्डौ महानगर प्रहरीले काठमाण्डौको सुन्धारामा दुई साता अघि सडक व्यापारीहरुलाई हटाउने क्रममा पत्रकार पदमप्रसाद पोखेलमाथि गरेको आक्रमणबारे महानगरको पटक पटक ध्यानाकर्षण र घाइते पत्रकारको उपचार गर्न र जफत गरिएका सबै सामान फिर्ताको लागि गरिएको अनुरोधलाई पुरै वेवास्ता गरिएको भन्दै श्रमजीवी-पत्रकार संघ नेपालले आजदेखी रिले अनसनको घोषणा गरेको हो ।

गत बुधवार सांझ महानगर प्रहरीले बल प्रयोग गरी सडक व्यापारीलाई हटाएको भिडियो खिचिरहेका प्राणमञ्च राष्ट्रिय मासिकका प्रधान सम्पादक पोखेललाई आफ्नो परिचयपत्र देखाउँदा देखाउदै नगर प्रहरीबाट भएको साे निर्घात कुटपिटकाे क्रममा उनीसँग भएको ल्यापटप, क्यामेरा, लत्ताकपडा, फलफुल , माेबाइलफाेन तथा अन्य महत्त्वपूर्ण कागजातहरु जफत गरेर हालसम्म पनि न्याय निरुपणकाे विषयमा महानगर मुखदर्शक बनेकाेले संघर्षमा उत्रिन बाध्य भएको श्रमजीवी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले बताएका छन् ।

साे झडपमा प्रेस परिचयपत्र भिरेर रिपोर्टिङ गरिरहेका निजलाई नगर प्रहरीले गरेकाे अन्धाधुन्ध कुटपिटबाट उनकाे खुट्टा र तिघ्राकाे मासुहरु च्यात्तिएको, फुटेकाे छ भने टाउकाे र शरीरभरि असंख्य चाेटपटक र निलडाम छन् ।

घाईते पत्रकार पोखेलसहित सवैको स्वास्थ्य उपचारको ज्ञारेन्टी गर्न र जफत गरिएका सामानहरु स-सम्मान फिर्ता गर्न जोडदार माग राख्दै अनसन्को घोषणा गरेको श्रमजीवी -पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले जानकरी दिए ।

अमानवीय ढंगबाट ज्यान मार्ने उदेश्यले महानगर प्रहरीले गरेकाे साे अन्यायका विरुद्ध निज पदम प्रसाद पाेख्रेलले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई ध्यानाकर्षण गराउँदै न्याय तथा क्षतिपूर्तिकाे लागि गत आइतबार निवेदन पेश गरेकाे भएपनि साे उपर महानगरले न्याय तथा क्षतिपूर्तिको विषयमा उदासीनता देखाएको र उल्टै पत्रकार महासंघ तथा श्रमजीवी पत्रकारहरूलाई भेटघाट र छलफलबाट भागेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation