सवारी दुर्घटनामा परी एकको मृत्यु, दुई गम्भीर घाइते

धनकुटाको साँगुरीगढीमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

साँगुरीगढी गाउँपालिका वडा नं. ६ गर्जुवा स्थित कोशी लोकमार्गमा मंगलबार साँझ भेडेटारबाट मुलघाट तर्फ आउँदै गरेको को १ च ३२८० नम्बरको मारुती भ्यान र विपरीत दिशाबाट जाँदै गरेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर साँगुरीगढी गाउँपालिका वडा नं. ६ का मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय दिवस तामाङ मृत्यु भएको छ।

उनको उपचारको क्रममा सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डीएसपी राजबाबु महर्जनले जानकारी दिए।

यस्तै दुर्घटनामा परि घाइते भएका दुवै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा मोटरसाइकल चालक धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ६ का २२ वर्षीय अभिषेक लिम्बु, र मारुती भ्यान चालक सोही ठाउँका ३० वर्षीय तुल बहादुर राई रहेको छन्।

घाइते दुवै जनाको सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। दुर्घटना भएका दुवै सवारी साधन प्रहरी चौकी मुलघाटको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation