चीनको हुबेई प्रान्तमा विष्फोट: एक जनाको मृत्यु, २२ घाइते

चीनको हुबेई प्रान्तमा भएको विष्फोटमा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

बुधबार बिहान स्थानीय समय अनुसार ७ बजेर ५४ मिनेट जाँदा हुबेई प्रान्तको सान्हे शहरस्थित यान्जियाओमा रहेको एक भोजनालयमा विष्फोट भएको थियो ।

चिकेन सपमा ग्यास लिक भएर विष्फोट भएको र सो विष्फोटमा परी एक जनाको मृत्यु भएको ग्लोबल टाइम्सले जनाएको छ ।

ग्लोबल टाइम्सले सेयर गरेको विष्फोटको भिडियोमा आगो र धुवाँको मुस्लो उठेको देखिन्छ । घटना लगत्तै आपत्कालीन सेवाको टोली विष्फोटस्थलमा परिचालित भएको थियो । घाइतेहरुको उपचार अस्पतालमा जारी छ ।

चाइना डेलीका अनुसार घटनास्थलमा ३६ वटा दमकल र १५४ जना अग्नि नियन्त्रक परिचालित भएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation