नौबहिनीमा रहेका किराना पसलहरुमा अनुगमन, म्याद गुज्रिएका सामान नष्ट

प्युठानको नौबहिनी गाउँपालिका-५ डामृमा रहेका किराना पसलहरुमा अनुगमन गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको टोलिले हिजो अनुगमन गरेको हो । अनुगमनका क्रममा विभिन्न म्याद गुजृएका वस्तुहरु फेला परेका थिए ।

उक्त अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका सामानहरु  प्रहरी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी सञ्चारकर्मीकाे सहभागीतामा आज नष्ट गरिएको छ ।

डामृ भेन्डामा अनुगमनका क्रममा भेटिएका पेय पदार्थ, मदिरा, चाउचाउ, भुजा लगायतका सामान नष्ट गरिएको हाे ।

अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले मानिसको स्वास्थ्य संग सम्बन्धित खाद्य बस्तु बिक्री गर्दा र खरिद गर्दा बिक्रेता र उपभोक्ता दुबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

स्थानीय नागरिक तथा व्यापारीले जिल्लाका ठुला बजार तथा व्यबसायीका पसल अनिवार्य अनुगमन गर्नुपर्ने बताएका छन । उनीहरूले ठूला पसलबाट नै ती सामान आउने गरेको भन्दै त्यस तर्फ ध्यान दिन आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation