प्यूठानमा पुरुष हत्याको आरोपमा एक महिला पक्राउ

प्युठानमा पुरुष हत्याको आरोपमा एक जना महिला पक्राउ परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय प्यूठानले हत्याको आरोपमा प्यूठान नगरपालिका- ५ जुम्रीकाँडा निवासी ४० वर्षीया चन्द्रा घर्तीमगरलाई पक्राउ गरेको हो । नौबहिनी गाउँपालिका- ८ साउनीफेदी निवासी ५० वर्षीय घने पुन मगरको हत्याको आरोपमा प्रहरीले चन्द्रालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गत माघ २ गते माघे सक्रान्तिको निम्तो मान्न मावल नौबहिनी गाउँपालिका-७ खाम्रीबास गएका पुन मगरको मृत्यु भएको थियो ।

मृतकका घरपरिवार आफन्तले घटनाको बारेमा प्रहरीलाई जानकारी नगराई भिरबाट लडी मृत्यु भएको भन्ने ठानी खाल्डो खनि गाडेका थिए ।

मृतकको श्रीमती चोपीना पुन मगरले फागुन २९ गते जिल्ला प्रहरी कार्यालयमा पुगेर चन्द्राले कुटपिट गरेको कारण श्रीमानको मृत्यु भएको भनी जाहेरी दिएपछि चन्द्रालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चन्द्रालाई अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रहरीले गाडेको स्थानबाट मृतक शव उत्खनन् गरि पोष्ट मार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation