राष्ट्रिय योजना आयोगका ४ सदस्यले दिए राजीनामा

२ चैत, काठमाडौँ

राष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन् । आयोग सदस्यहरू डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले शुक्रबार उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् । हाल अमेरिकामा रहेकी अनिताले उतैबाट राजीनामा दिएकी हुन् ।

सरकार परिवर्तन भएसँगै प्रतिपक्षी दलबाट सिफारिसमा परेका सदस्यहरूले राजीनामा दिएका हुन् । उनीहरूले दिएको राजीनामा उपाध्यक्ष श्रेष्ठले स्वीकृत गरिरहेका छन् । आयोगले धमाधम बजेटको सिलिङ तोकिरहेका बेला सदस्यहरूको राजीनामालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation