पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन सुन तस्करी प्रकरणमा पक्राउ

२ चैत, काठमाडौँ 

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन आज पक्राउ परेका छन्।

सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो।

६१ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएको थियो। त्यसबेला सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ। त्यसबेला उनलाई सामान्य कागज गरेर छाडिएको थियो।

आयोगले पनि बिहीवार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो।

सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङसँग दिपेशको बाक्लो उठबस रहेको सार्वजनिक भएको थियो। उनीहरू हेलिकप्टरमा गोसाईकुण्ड घुम्न गएको फोटो समेत सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation