महरालाई जिल्ला अदालत पुर्‍याइयो, ७ दिन हिरासतमा राख्न माग

पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई जिल्ला अदालत पुर्‍याइएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले सुन प्रकरणमा अनुसन्धानका लागि उनीमाथि ७ दिन हिरासतमा राख्न अनुमति माग गरेको छ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले उनीमाथि मुद्दा चलाउन सिफारिस गरेपछि महरालाई आजै कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो।

उनी भेपमार्फत सुन तस्करीमा जोडिएका छन्। अनुसन्धानका लागि म्याद लिन अहिले उनलाई अदालतमा पुर्याइएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation