नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बस्दैछ।बैठक केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए। बैठकले सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष कृष्णबहादुर महरालाई निलम्बन गर्न सक्ने अनुमान गरिएको छ ।

सुन तस्करी प्रकरणमा छानबिन आयोगले गरेको सिफारिसका आधारमा उपाध्यक्ष महरालाई सोमबार प्रहरीले कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । उनलाई हिजै अदालतमा पेश गरी अनुसन्धानका लागि ४ दिन म्याद थप गरिएको छ।

उनी बिरामी भएकाले उपचारको प्रबन्ध गर्न अदालपतले आदेश दिएपछि महरा नर्भिक अस्पतालमा भर्ना भएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation