धादिङमा रुखबाट लडेर वडासदस्यको निधन

धादिङको नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ।

दाउरा काट्ने क्रममा मंगलबार रुखबाट लडेर तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए।

रुखबाट लड्नेबित्तिकै उपचारका लागि धादिङ अस्पताल लग्ने क्रममा बाटोमै  उनको मृत्यु भएको वडाध्यक्ष पाण्डेले बताए। वडा सदस्य तिमिल्सिना गत निर्वाचनमा खुलातर्फ वडा सदस्यमा निर्वाचित भएका थिए।

तिमिल्सिनाको निधनको शोकमा नीलकण्ठ नगरपालिकाले बुधबार नगरपालिकामा बिदा दिने निर्णय गरेको छ । नगरपालिका तथा मातहतका वडा कार्यालयमा बिदा हुने भएको ह।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation