धरानमा घाटी रेटिएकाे अवस्थामा युवतीकाे शव फेला

७ चैत, सुनसरी 

सुनसरीको धरान स्थित बिपी कोइराला प्रतिष्ठानको हाताभित्र हत्या गरिएको अवस्थामा एक युवतीकाे शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रतिष्ठानको नयाँ भवन आसपास अन्दाजी २० वर्षीया युवतीकाे शव भेटिएको हो । शवको प्रकृिती हेर्दा हत्या गरेर फालेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।

घटना प्रकृिती हेर्दा युवतीको घाटीमा चोट देखिएको प्रहरीले जनाएको छ ।

मृतकबारे पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ भने घटना सम्बन्धी अनुशन्धान भइरहेको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation