अफगानिस्तानमा आत्मघाती बम विष्फोटमा परी २१ जनाको मृत्यु, ५० घाइते

अफगानिस्तानको कान्दहारमा आत्मघाती बम विष्फोटमा परी २१ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।

यो विष्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस)ले लिएको छ ।

अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा विहीबार बम विष्फोट भएको थियो । त्यतिबेला सेवाग्राहीहरुको भीड थियो । धेरैजसो सेवाग्राही तलब निकाल्न बैंकमा लाइन लागेका थिए । त्यहीबेला आत्मघाती बम विष्फोट भएको थियो ।

बीबीसीका अनुसार तालिबान सरकारले यो घटनामा तीन जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । तर बीबीसीले नै चिकित्सक स्रोतलाई उद्धृत गर्दै २१ जनाको मृत्यु भएको र कम्तिमा ५० जना घाइते भएको उल्लेख गरेको छ ।

विष्फोटमा परेकाहरुको उपचार कान्दहारको सबैभन्दा ठूलो अस्पताल मिरवाइसमा भइरहेको छ । बीबीसीले यो घटना यस वर्षको सबैभन्दा ठूलो विष्फोटको घटना हुन सक्ने पनि जनाएको छ ।

कान्दहार तालिबान सत्ताको केन्द्र हो । तालिबानका सुप्रिम कमाण्डर यहीँ रहन्छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation