सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा हाजिर जमानीमा छुटे

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन्।

बयान लिने काम सकिएको र स्वास्थ्य अवस्था बिग्रिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले उनलाई सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा छाडेको हो।

उनलाई परिवारको जिम्मा लगाएर पठाइएको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

‘अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौट वा जमानत लिई वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ।’ मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १५ मा उल्लेख छ।

चैत ५ गते पक्राउ परेका महारमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ४ दिनको म्याद दिएको थियो। अदालतले दिएको म्याद बिहीबारै सकिएको छ ।

विभिन्न औषधि सेवन गरिरहेका महरा विरामी रहेको भन्दै अदालतले अस्पतालमै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । त्यसपछि उनी थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए ।

सिआइबीले बुधबार र बिहीबार बयानका लागि महरालाई अस्पतालबाट डिस्चार्ज गरी लैजाने र बयान सकेर पुनः भर्ना गराउने गरेको थियो ।

गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

सुन तस्करी प्रकरणमै उनका छोरा राहुल महरा अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation