ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

ई-रिक्सा चार्ज गर्ने क्रममा जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठाकी ३६ वर्षीया गौरीदेवी साह रहेको प्रहरीले जानकारी दिएको छ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार मंगलबार बिहान पौने ६ बजे चार्जमा लगाएको ई-रिक्साको तार छुटाउने क्रममा उनलाई करेन्ट लागेको थियो।

उपचारका लागि न्यूरो हस्पिटलमा लग्दा चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले जानकारी दिए।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी अवाले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation