भिरबाट लडेर युवतीकाे मृत्यु !

दाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु
भएको छ । बुधबार बिहान करिब साढे ८ बजेतिर बबई गाउँपालिका ७ मलई स्यानीखोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा अचानक भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक तथा सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिएका छन्।

प्रहरीका अनुसार बबई गाउँपालिका ७ निवासी  रोबरबहादुर घर्तीकी कान्छी छोरी १८ वर्षिया छोरी करिष्मा घर्तीको मृत्यु भएको हो । करिष्मासँगै सोही ठाउँ निवासी सुष्मा पुन पनि गएकी थिइन् । करिष्मा भिरबाट अन्दाजी ६५ मिटर तल लडेकी थिइन् ।

शवको प्रारम्भिक अनुसन्धान पछि पोष्ट मार्टम गरेर अभिभावकलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । तुलसीपुरमा अध्ययन गर्ने घर्ती बिदाको समय घर गएकि थिइन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation