
संवैधानिक परिषदको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे बस्नेछ । विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि परिषदको बैठक बोलाइएको हो । यसअघि गत सोमबार बोलाइएको बैठक आजका लागि स्थगित गरिएको थियो ।
संवैधानिक पदमा रिक्त रहेका पदमा पदपूर्ति गर्नुपर्ने सरकालाई बाध्यता छ । महालेखा परीक्षक, निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलगायतमा नियुक्ति गर्नुपर्ने पदाधिकारीको सिफारिशका लागि बैठक बस्न लागेको हो ।
बैठक अघि हिजो साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । नयाँ सत्ता समिकरणपछि हिजो तीन नेता एकै स्थानमा पहिलो पटक छलफल भएको हो ।
तीन नेताबीच टिआरसी विधेयकलगायतका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संसद्लाई ‘बिजनेस’ दिने, राष्ट्रिय मुद्दामा एकजुट भई अघि बढ्ने विषयमा प्रधानमन्त्रीले मुख्य दलका नेतासँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सत्ता सहकार्य गरेका बेला ओली संवैधानिक परिषद्का सदस्य थिए भने अहिले प्रतिपक्षी नेताका रुपमा देउवा परिषदका सदस्य छन् । परिषद्मा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिसभा अध्यक्ष नारायणप्रसाद दाहाल सदस्य छन् ।
आमुल परिवर्तन र निष्पक्षताको वाहक प्राणमञ्च डटकम नेपाली उत्पीडित श्रमजीवी वर्ग र सुदुर बस्तीका आवाजविहीन जनहरुको आवाज ओकल्ने नेपाली भाषाको डिजिटल समाचार पोर्टल हो । नेपाली समाजमा विद्यमान सबैखाले विकृति र विसंगतिलाई निर्मुल पार्दै स्वाधीन एवं समृद्ध मुलुक निर्माणको अभियानलाई टेवा पुग्ने गरि निस्वार्थ ढंगले कलम चलाउने हाम्रो अठोट छ । जीवन र जगतलाई बुझाउने हरदम कोसिस गर्दै इमानदार देशभक्तताको नैतकिवान् चरित्र बोकेर पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नु हाम्रो मुख्य दायित्व हो ।
अध्यक्ष/ संचालक:
पार्वती न्याैपाने
प्रधान सम्पादक:
पदम प्रसाद पाेख्रेल
प्राणमञ्च मिडिया प्रा.लि.द्वारा सञ्चालित
www.pranmancha.com
सम्पर्क: ९८४७९७४८४२/ ९८४०९१३८४०
ठेगाना: लमही नगरपालिका ५ लमही
pranmancha@gmail.com
सुचना तथा प्रसारण विभाग दर्ता न : ३९०७
प्रेस काउन्सिल सुचिकरण: ३८९३
© 2025 Pranmancha All right reserved Site By : Himal Creation