सिराहामा दुई समुहबीच झडप, प्रहरीद्वारा ६ राउन्ड हवाई फायर

यतिबेला सुनसरीको भुटाहामा तनावग्रस्त भएको छ। दुई समूहबीच झडप हुँदा प्रहरीले ६ राउण्ड हवाइ फायरसमेत गरेको छ।

हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएको हो।

प्रहरीले ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ। दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाइ फायर गरेको कोशी प्रदेश प्रहरीले जनाएको छ।

दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएको र घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation