सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारण गृहमा भीषण आगलागी

काठमाडौँस्थित सतुंगलमा रहेको सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय भण्डारण गृहमा भीषण आगलागी भएको छ।

सामानहरु राखिएको स्टोरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । आगलागीको कारण बारे केही खुलेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् ।
यसअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको महत्वपूर्ण कागजात राखिएको स्टोरमा समेत आगलागी भएको थियो ।

सशस्त्र प्रहरीको यो केन्द्रीय स्टोर हो । उक्त स्टोरमा जुत्ता, मण्डी, म्याट्रेस, चुस्तालगायतका सामानहरु राखिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

विद्यतुत सर्ट भएर आगलागी भएको सशस्त्र प्रहरीको दाबी छ । अहिले चार वटा दमकलको सहयोगमा आगो निन्त्रणको प्रयास भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation