च्याउ टिप्न गएका तीन बालक डढेलोमा परेर गम्भीर घाइते

२९ चैत, डोल्पा

डोल्पामा च्याउ टिप्न गएका तीन बालक डढेलोमा परेर गम्भीर घाइते भएका छन्।

त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर बालकहरु घाइते भएका डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए।

च्याउ टिप्न गएका १२, १३ र १० वर्षका बालकहरु घाइते भएका हुन्।

घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न जाँदा बिहीबार दिउँसो बालकहरु डढेलोमा परेका हुन्। उनीहरुको पूरै शरीर जलेको छ।

गम्भीर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल दुनै ल्याइएकोमा उपचार सम्भव नभएको भन्दै हेलिकप्टरबाट नेपालगञ्ज ल्याउने तयारी भइरहेको जनाइएको छ। तर, मौसम खराबीका कारण हेलीकप्टर आउन नसकेको प्रजिअ दाहालले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation