झुलाघाट नाका आजदेखि बन्द

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि यही वैशाख ७ गतेसम्म बन्द हुने भएको छ।

भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

भारतको उत्तराखण्ड राज्यमा वैशाख ७ गते (अप्रिल १९ तारिख) लोकसभाको निर्वाचन हुँदै छ। उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ६ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने प्रजिअ शर्माले बताए।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरे आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।

नाका बन्द गर्न भारतीय अधिकारीसँग यसअघि नै समन्वय भइसकेको छ। छिमेकी देशको सिमाना जोडिएको क्षेत्रमा चुनाव हुँदा सीमा बन्द गर्ने चलन छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation