भतिजीमाथि जबर्जस्ती करणी गरि हत्या गरेको अभियाेगमा एकजना पक्राउ

४ बैशाख, बैतडी

बैतडीमा आफ्नै भतिजीलाई जबर्जस्ती करणी गरी हत्या गरेको अभियाेगमा ३० वर्षीय पुरुष पक्राउ परेका छन्। पुरचौडी नगरपालिकाकी १७ वर्षीया युवतीमाथि पटकपटक जबर्जस्ती करणी गरेको र गर्भवती भएपछि हत्या गरेको अभियोगमा ती पुरुष पक्राउ परेका हुन्।

गत चैत २६ गतेदेखि घरबाट हराएकी किशोरी तीन दिनपछि जंगलमा मृत फेला परेकी थिइन्। लगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले युवतीको शव डडेल्धुरा अस्पतालमा लगेर परीक्षण गर्दा १८ हप्ताको गर्भ रहेको र टाउकोमा चोटका कारण मृत्यु भएको खुलेको थियो।

जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न युवकलाई सार्वजनिक गरेको छ। अनुसन्धानका क्रममा ती व्यक्तिले भतिजीलाई पटकपटक जबर्जस्ती करणी गरी गर्भवती बनाएको र गर्भवती भएपछि नियोजित रूपमा जंगलमा लगेर हत्या गरेको बैतडीका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

सोमबार पुरचौडीबाट पक्राउ परेका पुरुषविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यान मुद्दा चलाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। मृतक किशोरीले एक वर्षअघि आफूखुसी स्थानीय एक युवकसँग बिहे गरेकी थिइन्। हाल उनका श्रीमान् रोजगारीका क्रममा आठ महिना अघिदेखि भारतमा रहेकाे प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation