मौसम पुर्वानुमान: चार प्रदेशमा आज चट्याङसहित वर्षा र हिमपातको सम्भावना

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको पहाडी  भूभागका थोरै तथा बागमती, गण्डकी र कर्णाली  प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा वर्षासँगै हिमपातको पनि सम्भावना छ।

राति  देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी,  बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यी चारै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation