आगलागीमा परेर एक वृद्धको मृत्यु

दाङ लमही नगरपालिका–९ तरुलियामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लमही नगरपालिका-९ तरुलिया निवासी ८७ वर्षीय वीर बहादुर बोटे रहेका छन्।  बोटेको घर भित्र रहेका अत्यावश्यक कागजात लिन गएका बेला आगोको चपेटामा परेका उनका नाति राजेन्द्र बोटेले बताए। ​

मृतक वीरबहादुर बोटेको गोठबाट सल्किएको आगोले उनको एक घर हुँदै भतिजा पर्ने हुकुमबहादुर बोटेको एक घर गरि दुई घर एक गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिए।

बिहिवार अपरान्ह ३ बजेको समयमा एक्कासी आगलागी भएको थियो। आगलागीबाट तीन वटा घर गोठ जलेर नष्ट भएका छन्। घर भित्र रहेको कुनै सामान निकाल्न नपाएको पिडितहरुले बताएका छन्।

आगलागी भएलगत्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसी, वडा नम्बर ५ का वडा सदस्य केशव अधिकारी घटनास्थल पुगेका थिए।​

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation