प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  आजको बैठकमा भोलिबाट हुने कतारका राजाको भ्रमणको बारेमा छलफल हुनेछ।

कतारका राजा मोहम्मद बिन अल थानी भोलि नेपाल आउँदैछन्।

त्यस्तै आजको बैठकमा केही नियुक्ति र बढुवाको निर्णय गर्ने पनि जनाएको छ। नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवा सिफारिस भएका छन्। यस्तै दुई एसएसपी डीआइजीमा बढुवा सिफारिस भएका छन्। त्यसको बारेमा पनि निर्णय हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस्तै बैठकमा बजेट अधिवेशन आह्वानको सिफारिस हुन सक्नेछ। गत चैत ३० गते अन्त्य भएको हिउँदे अधिवेशन आह्वानका लागि सिफारिस हुन सक्छ।

सरकारले आगामी जेठ १५ गते बजेट ल्याउनु पर्ने बाध्यता छ। त्यसअघि नीति तथा कार्यक्रम ल्याउने सरकारले तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation