डुंगा दुर्घटनामा १६ आप्रवासीको मृत्यु, २८ जना बेपत्ता

इथियोपियाली आप्रवासी बोकेको अर्को डुंगा जिबुटीको तटीय क्षेत्रमा डुबेको हो। ‘जिबुटी तटमा बालबालिकासहित ७७ जना आप्रवासी सवार डुंगा दुर्घटना भएको छ’, आईओएमले जनाएको छ।

जिबुटीको उत्तरपूर्वमा पर्ने गोडोरियाको तटमा अप्रिल ८ मा ६० भन्दा बढी यात्रु बोकेको अर्को डुंगाडुबेको आईओएम र जिबुटीस्थित इथियोपियाली दूतावासले जनाएको छ। घटनामा बालबालिकासहित ४४ आप्रवासीको मृत्यु भएको थियो।

जिबुटीस्थित दूतावासका अनुसार डुंगाले इथियोपियाली आप्रवासीलाई जिबुटीबाट युद्धग्रस्त यमनतर्फ लैजाँदै थियो।

हरेक वर्ष हजारौँ अफ्रिकी आप्रवासीले द्वन्द्व वा प्राकृतिक विपत्तिबाट बच्न वा राम्रो आर्थिक अवसरको खोजीमा युद्धग्रस्त यमन हुँदै ‘रेड सी’ पार गरेर खतरनाक ‘पूर्वी मार्ग’ पार गर्दै साउदी अरब पुग्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation