नेपाल-कतारबीच द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर

१२ बैशाख, काठमाडौँ

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारी राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्तापछि समझदारी र सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

समझदारी तथा सम्झाैतापत्रमा हस्ताक्षरपछि राजा थानीकाे भ्रमण टाेली बत्तीसपुतलीस्थित होटेल द्वारिकाजमा प्रस्थान गर्ने तयारी भइरहेकाे छ।

प्रधानमन्त्री प्रचण्डले राजा थानीको सम्मानमा अहिले होटेल द्वारिकाजमा दिवाभोज आयोजना गरेका छन्। दिवाभोजमा सहभागी भएर थानी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फिर्ता हुने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation