डढेलो निभाउन गएका वृद्धको जलेर मृत्यु

सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ।

रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो।

खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैँले बालेको आगो अनियन्त्रित भएर स्थानीय हरमटार मैनाचउर सामुदायिक वनमा सल्केपछि निभाउन खोज्दा जलेर उनको मृत्यु भएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताए। खोजी गर्ने क्रममा डढेलोले जलेको अवस्थामा शव भेटिएको उनले जानकारी दिए।

सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए। डढेलो नियन्त्रण गर्न स्थानीयवासीसँगै प्रहरीसमेत परिचालन गरिएको छ।

१० स्थानीय तह रहेको खोटाङमा अधिकांश सामुदायिक वनमा डढेलो लागेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation