
१९ बैशाख, दाङ
तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले अन्तराष्ट्रिय मनदुर दिवसको अवसरमा श्रमजीवीहरुलाई शुभकामना दिएका छन् ।
मेयर खड्काले आज शुभकामना सन्देश जारी गर्दै (मे १) सम्पूर्ण नेपाली श्रमजीवीलाई शुभकामना दिएको हो ।
मेयर खड्का द्धारा जारी शुधकामना सन्देशमा भनिएको छ, ‘मुलुकको उन्नती र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकहरुप्रति हार्दिक सम्मान प्रकट गर्दछु ।’ श्रमिक दिवसले श्रमिक अधिकारको रक्षार्थसम्पूर्ण श्रमजीवीलाई एकताको सुत्रमा बाँध्न सहयोग पुग्ने मेयर खड्को विश्वास छ ।
शुभकामना सन्देश मार्फत मेयर खड्काले रोजागारीको श्रृजना,श्रमको सम्मान,उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा लगाएत श्रमिकका अधिकार सुनिश्चि गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नतर्फ अग्रसर हुन आह्वान समेत गरेका छन् ।