
१९ बैशाख, प्युठान
प्युठान नौबहिनी ७ बास्काेट निवासी खिम प्रसाद सुवेदीकाे गाेठ, कुखुरा फर्ममा आगलागी भएको छ ।
आगाे स्थानीय र इलाका प्रहरी कार्यलय बाहानेकाे सहयाेगमा नियन्त्रणमा लिइएको छ । स्थानीय र प्रहरीको सहायतामा समयमै आगाे नियन्त्रण गर्दा नजिकै रहेकाे घर आगलागीबाट जाेगिएकाे प्रहरीले जनाएको छ ।
आगलागीबाट गाेठ पुर्ण रुपमा जलेर नष्ट भएको छ भने क्षतिका एकिन विवरण संकलन गरिरहेकाे प्रहरीले जनाएको छ ।