
प्यूठान नगरपालिका–५ जुम्रीकाँडाका मिन बहादुर बुढामगर (भेलु बाजे) को कुटपिटबाट मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ ।
मृतकका ज्वाई हिमलाल पुन मगरले एक महिलाको नाममा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक हुमानन्द खनालले भन्नुभयो,“ मान्छे पक्राउ परिसकेको छैन, अनुसन्धान शुरु भएको छ ।”
६३ वर्षीय भेलु बाजेको विहीबार प्यूठान अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको अस्पतालकी सूचना अधिकारी सम्झना श्रेष्ठले जानकारी दिइन् ।
मृतकको शरिरमा सामान्य चोटपटक देखिएको अस्पतालले जनाएको छ ।