सभामुखले आज प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग छलफल गर्दै

२५ बैशाख, काठमाडौं 

संसद्को बजेट अधिवेशन नजिकिँदै गर्दा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग मंगलबार छलफल गर्दै छन्। छलफल बिहान ​सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा ११:३० बजे शुरु हुने उनको सचिवालयले जनाएको छ।

यही वैशाख २८ गते संसद् अधिवेशन शुरु हुन लागेको र कांग्रेसका अवरोध जारी रहने संकेतलाई मध्यनजर गरी सभामुख घिमिरेले बैठक बोलाएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई डाकिएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपाका सभापति समेत रहेका गृहमन्त्री  लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले अघिल्लो अधिवेशनमा बैठक अवरुद्ध गरेको थियो । कांग्रेसको अवरोधबीच अधिवेशन अन्त्य गरिएको थियो।

बजेट अधिवेशनको कारबाही पनि प्रभावित हुने आशंकामा सभामुखले शीर्ष नेताहरूको बैठक बोलाएका हुन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation