गोपालसिङले किने महवीरसँग एक लाखको पुस्तक

२९ बैशाख, रुपन्देही

रुपन्देहीका एक वृद्धले एक लाख बराबरको पुस्तक खरिद गरेका छन् ।

कन्चन गाउँपालिका पिपराचापामा बस्ने ८४ बर्षका गोपालसिङ पुन मगरले एक लाखको १३४ वटा महावीरपुनको आत्मकथाको किताब खरिद गरेका छन् । देश बनाउने हुटहुटीले पुस्तक बेच्न देशदौडाहमा निस्किएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा.महावीरपुनलाई केही सहयोग पुर्याने हेतुले पुस्तक खरिद गरेको उनको भनाइ छ ।

उक्त पुस्तक मुदायिक बिद्यालयहरुलाई बितरण गर्ने उद्देश्यले उनको स्वईच्छाले किनेको पुनले जनकारी दिए ।

पुनका अनुसार ती वृद्ध भारतिय सेनामा १५ बर्ष नोकरी गरि अवकाश लिएर फर्किएका रहेछन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation