नेकपा एसको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

नेकपा एकीकृत समाजवादी (एस)को केन्द्रीय कमिटी बैठक आज सुरु हुँदैछ।

दुई दिनसम्म चल्ने यो बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था लगायत समसामयिक परिस्थितिबारे छलफल गरिने भएको छ। बैठक बिहान ११ बजे कान्तिपुर गार्डेन बैंक्वेटमा सुरु हुने प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए।

बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी समेत बैठकले तोक्नेछ। बैठकले महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तय गर्ने र संगठन विस्तारका लागि आवश्यक कार्ययोजना बनाउने पार्टीका सम्मानित नेता झलनाथ खनालले बताए।

बैठकमा अध्यक्ष माधव नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ। एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation