पूर्वसांसद रेग्मीको निधन

नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ।

उनको आज बिहान आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिका गेझबासमा निधन भएको कांग्रेस नेता शेखर कोइरालले जानकारी दिए।

रेग्मी राष्ट्रिय सभाका पूर्वसदस्य हुन्। उनको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे जिल्ला पार्टी कार्यालय स्याङ्जामा राखिने छ।

लामो समय शिक्षण पेसामा रहेका उनी २०५८ माघ २७ गते तत्कालिन माओवादीको  गोली लागेर घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation