होडिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु, ७४ घाइते

भारतको मुम्बईमा आँधीका कारण १५ हजार वर्गफिटको होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी करिब ७४ जना घाइते भएको भारती अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार ७०मिटर लामो होर्डिङ बोर्ड शहरको घर र पेट्रोल स्टेसनमा खसेकोथियो।

मुम्बईमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगैबिलबोर्ड खसेको थियो।​ होर्डिङ बोर्ड खसेर सवारी साधनहरू च्यापएका छन्।

घटनास्थलमा उद्धारका कामहरु भैरहेका छन् । बोर्ड मुनिबाट पीडितलाई निकाल्न धातु काट्न विभिन्न ठूला उपकरणहरू प्रयोग भैरहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation