उत्तरी अफगानिस्तानमा ४० हजार बालबालिका घरबारविहीन

१ जेठ, काठमाडौं

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो घर गुमाएको ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ।

बालबालिकाले आफ्नो घर मात्र नभई विद्यालय र खेल्ने ठाउँका साथै आफन्तजनसमेत गुमाएका अफगानिस्तानस्थित उक्त संस्थाका निर्देशक अरसद मलिकले बताए।

विश्व खाद्य कार्यक्रमको अफगानिस्तानस्थित कार्यालय र स्थानीय अफगान अधिकारीका अनुसार देशभर बाढीबाट तीन सय ३० जनाभन्दा बढीको मृत्यु भएको छ। बाढीमा बाघलान, तखार, बदख्सान र घोर प्रान्तमा धेरैको मृत्यु भएको हो।

अफगानिस्तानका अधिकारीहरूले बाढीबाट मृत्यु हुनेको संख्या बढ्न सक्ने तथा बालबालिका संक्रामक रोगको सिकार हुन सक्ने चेतावनी दिएका छन्।

विश्व स्वास्थ्य संगठनले सोमबार बाढी प्रभावित क्षेत्रमा संक्रमणको जोखिम अनुगमन गर्न आठ आपतकालीन प्रतिकार्य टोली परिचालन गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation