सन्दीपको मुद्दा : बहसमा समय निर्धारण, आजै फैसला आउने, सुरक्षा व्यवस्थामा कडाइ

सन्दीप लामिछानेको मुद्दामा गौशाला २६ का कानून व्यवसायीहरुले बहस सकाएका छन्। उच्च अदालत पाटनमा हिजोदेखि जारी सुनुवाई सकेर आजै साँझसम्म फैसला गर्ने तयारी न्यायाधीशको छ। अहिले सन्दीपका कानून व्यवसायीले जवाफी बहस गरिरहेका छन्।

न्यायधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले दुईजना कानून व्यवसायीलाई बहस सकाउन ५० मिनेटको समय दिएको छ। बहस सकिएपछि आजै अदालती सयमभित्रै आदेश दिने तयारी र रहेको अदालतका उपरजिष्ट्रार बिमल पराजुलीले जानकारी दिए।

सन्दीपको मुद्दामा फैसला सार्वजनिक गर्ने तयारीसँगै उच्च अदालत पाटनको सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्बन्धित व्यक्ति बाहेकलाई अदालत मार्गमा प्रवेश निषेध गरिएको छ। भिडभाड गर्न पनि रोक लगाइएको छ। काठमाडौं जिल्ला अदालतले पीडित बालिग रहेको ठहर गर्दै सन्दीपलाई ८ वर्ष जेल सजाय सुनाएको थियो।

त्यस आदेशविरुद्ध सन्दीप पुनरावेदनमा गएका हुन्। न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ। दुवै मुद्दाको एकसाथ सुनुवाइ भएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation