तारकेश्वरमा मृत अवस्थामा भेटिए प्रहरी जवान

५ जेठ, काठमाडौं

काठमाडौंको तारकेश्वर नगरपालिका-९, मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन्।

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए।

एसपी अधिकारीका अनुसार यो घटना शुक्रबार अपराह्न ५ बजेतिरको हो। स्थानीयले खबरगरेसँगै प्रहरीको टोली घटनास्थल पुगेको थियो।

खोटाङ घर भएका प्रहरी जवान घिमिरे सामाखुशीमा बस्दै आएका थिए। उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation