इरानका राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना

इरानका राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

इरानी रेडक्रस सोसाइटीले उद्धार तथा खोजी टोलीले राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जनाएको हो। इरानी रेडक्रस सोसाइटीका अध्यक्ष पिर हुसेन कोलिवान्दले हेलिकाेप्टरको टुक्राहरू भेटिएको बताएका हुन्। तर उनले यसबारे पूर्ण जानकारी भने दिएका छैनन्।

हेलिकाेप्टर भेटिए पनि राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतको अवस्था के कस्तो छ भन्नेबारे केही खुलेको छैन।

राष्ट्रपति रइसी पूर्वी अजरबैजान प्रान्तमा बाँध उद्घाटनपछि तबरेज शहरतर्फ प्रस्थान गर्दै थिए। त्यहाँबाट हेलिकोप्टर बेपत्ता भएको थियो। हाल बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भएको स्थानीय सञ्चारमाध्यलाई उदृत गदै बीबीसीले जनाएको छ। राष्ट्रपति रइसी सवारसहित ३ हेलिकोप्टर सँगै भए पनि २ वटा हेलिकोप्टर भने सकुशल अवतरण भएका छन्।

राष्ट्रपति रइसीको अवस्थाबारे पनि अहिलेसम्म अज्ञात छ।  रइसी सन् २०२१ मा इरानको राष्ट्रपति बनेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation