गृहमन्त्री लामिछानेमाथि पनि छानबिन हुनुपर्छ : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्न माग गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको गृहमन्त्री लामिछानेको दोहोरो राहदानी र सहकारीको रकम अपचलनमा संलग्नताबारे छानबिन गर्न माग गरेको हो । बैठकमा नेताहरुले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोधपूर्ण भएको बताएका थिए ।

बैठकपछि प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भने सिरोहियामाथि लागेको अभियोग न्यायिक निरुपणको विषय भइसकेको उल्लेख छ ।

साथै जुनसुकै ओहदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरीत गरेको कामको निष्पक्ष र न्याायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट रहेको भन्दै राप्रपाले भनेको छ, ‘नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानबिन सुरु भएको छ, त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा छ । ‘कानुन सर्वसाधारण र मन्त्रीलाई समान रुपमा लागू हुनुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation