दंगीशरणमा माटो परिक्षण शिविर

१० जेठ, घोराही

नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही–१५ को साझेदारीमा दंगीशरण गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा चारदिने माटो परीक्षण शिविर शुरु भएको छ ।

गाउँपालिकाका सातवटै वडाबाट माटोको नमूना माग गरी सात सय किसानको माटो परीक्षण गर्ने तयारी भएको कृषि शाखा प्रमुख सरु भुसालले बताएका छन् ।

कृषि खाद्य प्रविधि तथा भूमि ब्यवस्था मन्त्रालय कृषि विकास निर्देशनालय माटो तथा मल परीक्षण प्रयोगशाला खजुराको प्राविधिक टोलीले माटो परीक्षण गर्नेछ । माटो परीक्षण शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले माटो परीक्षण शिविरले किसानको उत्पादनमा टेवा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation