सवारी दुर्घटनामा दुईजनाको मृत्यु

पाँचथर र मकवानपुरमा भएका दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

पाँचथरको फिदिम र भारपाको सिमाना हेंवा खोलामा त्रिशक्ति कन्स्ट्रक्सनको जीप दुर्घटना हुँदा नेपालगञ्जका ३५ वर्षीय श्याम विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

दुर्घटनामा इलामका ३१ वर्षीय लक्ष्मण मुखिया गम्भीर घाइते भएका छन्। मकवानपुरमा ना ७ ख १६६५ नम्बरको बसले ठक्कर दिँदा हैटौडा उपमहानगरपालिका थानाभर्‍याङका अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृतकको नाम र ठेगाना खुलेको छैन। ठक्कर दिने बसका चालक रौतहट चन्द्रनिगाहापुर पौराहीका कृष्णबहादुर थापालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation