कैलाश सिरोहिया अस्पताल भर्ना

नागरिकता किर्ते प्रकरणमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना गरिएको छ।

उच्च रक्तचाप र मुटुको चालमा गडबडी भएपछि उनलाई गएराति अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए।

चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या भएपछि शुक्रबार जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। तर प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि काव्या अस्पताल लगिएको छ।

गत मंगलबार कार्यालयबाटै गिरफ्तारीमा परेका सिरोहियालाई प्रहरीले जनकपुर लगेको थियो। धनुषा जिल्ला अदालतले उनलाई थप तीन दिन हिरासत राख्न शुक्रबार म्याद थप गरेको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation