दमकमा माओवादी केन्द्रले एक लाख बिरुवा रोप्ने

१२ जेठ, काठमाडौं

नेकपा (माओवादी केन्द्र)ले दमक नगरमा लिची र कागतीका एक लाख बिरुवा रोप्ने भएको छ।

संगठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्यले जानकारी दिए।

उनका अनुसार भोलिदेखि औपचारिक रूपमा दमकका प्रत्येक घरमा पुगेर बिरुवा रोप्न लागिएको हो। जनतालाई उत्पादनसँग जोड्ने नीतिअनुसार पाँच वर्षभित्र दमकलाई लिची र कागतीमा आत्मनिर्भर बनाउने अभियान रहेको उनले बताए।

बिरुवा रोप्नेसँगै जनयुद्धमा सहयोग गर्ने दमकका एक हजार दुई सय परिवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना-पत्रसमेत सम्मानस्वरूप हस्तान्तरण गरिने माओवादी केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation