मुलुकको सूचना बेच्नेलाई पक्राउ गरी कारबाही गर्नुपर्छ : प्रमुख सचेतक शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्नेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन्।

आइतवार संसद् बाहिर सञ्चारकर्मीसँग बोल्दै गृहमन्त्री लामिछानेलाई सूचना बेच्ने मानिसलाई पक्राउ गर्न आग्रह गरे। उनले गृहमन्त्रीले संसद्‌मा उभिएर मुलुकको सूचना बेच्ने व्यक्तिको बारेमा जानकारी रहेको अभिव्यक्ति दिएको भन्दै उक्त व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरे। उनले गृहमन्त्रीले काम गर्न संंसद् कुर्नु नपर्ने बताए।

शाहीले भने, ‘गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्ने मान्छेलाई तत्काल समाउनुपर्‍यो। त्यस्तो मान्छे समाउन ढिला भयो। गृहमन्त्रीले संसद्‌मा सूचना बेच्ने मानिस थाहा छ भन्नुभएको छ। उहाँलाई पक्राउ गरिहाल्नुपर्‍यो। ४ वटा फाइल खोल्ने भन्नुभएको थियो। फाइल भटाभट खोलिहालौं। छानबिन समिति बनाऔं।’

उनले संसद्‌मा बोल्दै ४ वटा फाइल खोल्ने भनेको विषय कहाँ पुग्यो भन्दै तत्काल फाइल खोल्न आग्रह गरे। उनले सहकारी छानबिन समिति पनि तत्काल बनाएर काम गर्न समेत आग्रह गरे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation