शरणार्थी शिविरमा इजरायलको आक्रमण, ५० जनाको मृत्यु

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले उक्त क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्ष्य गरी हवाइ हमला गरेको पुष्टि गरेको छ। अघिल्लो दिन हमासले रफाहबाट तेल अबिवतर्फ आठ रकेट प्रहार गरेको थियो, जुन जनवरीदेखि त्यस शहरमा पहिलो लामो दूरीको आक्रमण भएको बताइएको छ।

हमासले इजरायली हवाइ हमलाले विस्थापित प्यालेस्टिनीका लागि रफाहको उत्तर-पश्चिममा रहेको शिविरमा आक्रमण गरेको बताएको छ। ज्यान गुमाउने अधिकांश महिला र बालबालिका छन् । संयुक्त राष्ट्रसंघका अनुसार हाल सम्म रफाहबाट ८ लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भएका छन्।

अक्टोबर ७ यता भएको इजरायलको एक हजार २०० व्यक्तिको मृत्यु भएको छ भने २५२ जनालाई गाजामा बन्धक बनाएर फिर्ता गरेको छ। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयताका युद्धमा करिब ३६ हजार प्यालेस्टिनी मारिएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation