एक दशकमा १० हजार २ सय ३० नेपालीले गुमाए विदेशमा ज्यान

एक दशकमा १० हजार २ सय ३० जना नेपालिहरुले विदेशमा ज्यान गुमाएका छन्।

सरकारले सार्वजनिक गरेको गत फागुनसम्मको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/७१ देखि चालु आर्थिक वर्षको फागुन मसान्त सम्म वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका १० हजारभन्दा धेरै नेपाली नागरिकले ज्यान गुमाएका हुन्।

आर्थिक वर्ष २०७०/७१ सालमा ८७७ जनाले विदेशी भूमि ज्यान गुमाउँदा २०७८/७९ मा सबैभन्दा धेरै १३ सय ९५ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको फागुन सम्म ६९४ जनाले ज्यान गुमाइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ।  मृत्यु हुनेमा ९ हजार ९ सय ६५ पुरुष र २ सय ६५ महिला रहेका छन्।

तथ्यांक हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation