९ दिनपछि हाजिर जमानीमा छुटे कैलास सिरोहिया

१६ जेठ, काठमाडौं

नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुरका अध्यक्ष कैलास सिरोहिया ९ दिनपछि हाजिर जमानीमा छुटेका छन्।

जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा आज उनलाई हाजिर जमानीमा छाडिएको धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु पर्ने नदेखेमा सरकारी वकिलको राय लिएर हाजिर जमानीमा छाड्न सक्ने कानुनी व्यवस्था रहेको छ। सोही व्यवस्थामा टेकेर छाडिएको अवाले बताए।

यही जेठ ८ गते पक्राउ परेका सिरोहिया हाल अस्पतालमा उपचाररत छन्। पक्राउको केही दिनमा जनकपुरको काव्य अस्पताल भर्ना गरिएका उनलाई थप उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको र हाल मेडिसिटी अस्पतालमा उपचाररत छन्।

उनीमाथि सोमवार तेस्रो पटक हिरासतमा राख्न अनुमति लिइएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation